गुहेश्वरी मर्चेन्ट बैंकिङ्गले लाभांश वितरण नगर्ने

गुहेश्वरी मर्चेन्ट बैंकिङ्गले लाभांश वितरण नगर्ने


काठमाडौं – गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । कम्पनी सञ्चालन समितिको मंसिर २८ गते बसेको बैंठकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको हो ।

कम्पनीले गत आवको वित्तीय विवरण वार्षिक साधारणसभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंक समक्ष पेश गरिने र केन्द्रीय बैंकको स्वीकृती पश्चात् आगामी सधारणसभामा पेश गर्ने निर्णय गरेको छ ।