काठमाडौं – रघुगंगा हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । हाइड्रोपावर कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव राख्दै आठौं वार्षिक साधारणसभा बोलाएको हो ।
सभाले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने स्वीकृति दिने प्रस्ताव पारित गर्नेछ । यसका साथै गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने जनाएको छ ।
प्रतिक्रिया