अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको साधारणसभा पुष २६ गते

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको साधारणसभा पुष २६ गते


काठमाडौं – अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आगामी पुष २६ गते साधारणसभा गर्ने भएको छ । कम्पनी सञ्चालन समितिको मंसिर २७ गते बसेको बैठकको निर्णयअनुसार साधारणसभा पुष २६ गते गर्ने भएको हो ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि पुष ८ गते यस कम्पनीले (बुक क्लोज) गर्ने भएको छ । सभाले आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गर्ने र आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह वितरण सम्बन्धि छलफल गर्ने भएको छ।