काठमाडौं – निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८१/८२ प्रथम त्रैमाससम्म ६७ अर्ब ३४ करोड ४ लाख रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोज मसान्तसम्मको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमकले विभिन्न क्षेत्रमा लगानी गरेका हुन् । कुल लगानीको सवाँ ७९ प्रतिशत लगानी बैंकहरुको मुद्दति निक्षेपमा रहेको देखिएको छ। जसमा बैंक तथा वित्तीय संस्थाहरुको मुद्दति निक्षेपमा मात्रै निर्जीवन बीमकहरुले ५३ अर्ब १० करोड ३९ लाख रुपैयाँ लगानी गरेका छन्।
असोज मसान्तसम्म र्निजीवन बीमकहरुले क वर्गका बैंकहरुमा ४६ अर्ब ४१ करोड १८ लाख रुपैयाँ, ख वर्गका बैंकमा ५ अर्ब ४५ करोड ६६ लाख रुपैयाँ र ग वर्गका वित्तीय संस्थामा १ अर्ब २३ करोड ५५ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गरेका छन्।
निर्जीवन बीमकहरुले कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जालगायत वीकरणीय ऊर्जा परियोजना केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा ९९ करोड १६ लाख रुपैयाँ र अन्य क्षेत्रमा २ अर्ब २९ करोड ६७ लाख रुपैयाँ लगानी गरेका छन्।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले कुल ८ अर्ब ५४ करोड ३२ लाख रुपैयाँ लगानी गरेको छ। दोस्रोमा राष्ट्रिय बीमा कम्पनी रहेको छ। यो कम्पनीले ७ अर्ब ८७ करोड ४१ लाख रुपैयाँ लगानी गरेको छ। नेको इन्स्योरेन्सले ६ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ लगानी गरेको छ। सगरमाथा लुम्बिनीले ६ अर्ब २७ करोड ३० लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ५ अर्ब २३ करोड ९२ लाख रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्सले ४ अर्ब ९३ करोड ९८ लाख रुपैयाँ गरेका छन् ।
त्यस्तै, शिखर इन्स्योरेन्सले ४ अर्ब ६९ करोड ७४ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनीले ४ अर्ब २६ करोड ८७ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले ४ अर्ब १० करोड २५ लाख रुपैयाँ र सानिमा जीआईसी इन्स्योरेन्सको ३ अर्ब ५२ करोड १४ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सको ३ अर्ब ३३ करोड ७६ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २ अर्ब ८८ करोड ६५ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले २ अर्ब ७५ करोड ७४ लाख रुपैयाँर प्रभु इन्स्योरेन्सले २ अर्ब ४५ करोड १३ लाख रुपैयाँ लगानी गरेका छन् ।
प्रतिक्रिया