राधि विद्युत् कम्पनीले बोलायो साधारण सभा, बुक क्लोज कहिले ? 

राधि विद्युत् कम्पनीले बोलायो साधारण सभा, बुक क्लोज कहिले ? 


काठमाडौं – राधी विद्युतले साधारण सभा बोलाएको छ । कम्पनीकाे वार्षिक साधारण सभा पुष १८ गते (बिहीबार) दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यु, तीखेदेवल ललितपुरमा बिहान १० बजे बस्ने भएकाे हाे ।

सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यसअनुसार पुस ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।