३२ करोड मूल्यको एफपीओ निष्काशन तयारीमा ६ लघुवित्त

३२ करोड मूल्यको एफपीओ निष्काशन तयारीमा ६ लघुवित्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) मा विभिन्न ६ लघुवित्त कम्पनीहरुले ३२ करोड २० लाख ३ हजार १६४ रुपैयाँ बराबरको थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्न अनुमति मागेका छन् । ती कम्पनीहरुले बोर्डसँग २५ लाख २६ हजार ५४१ कित्ता एफपीओ निष्कासन तथा स्वीकृतिको अनुमति माग्दै निवेदन दिएका हुन् ।

एफपीओको अनुमति माग्नेमा सबै मर्जर तथा प्राप्ती बाट नयाँ बनेका कम्पनी छन् । नयाँ संस्था मर्जर तथा प्राप्ती गर्दा संस्थापक सेयर र सर्वसाधारण सेयर पुँजीको अनुपात मिलान गर्ने क्रममा फरक परेको रकमलाई प्रिमियममा एफपीओ निष्कासन गर्न लागेका हुन् ।

सर्वसाधारणमा सेयर जारी गरेका कम्पनीले सेयर जारी नगरेका कम्पनीहरुसँग मर्जर तथा प्राप्ती प्रकृयामा जाँदा ती कम्पनीहरुको संस्थापक सेयर हिस्सा बढ्न पुगेको हो ।

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त संस्थाहरुले आफ्नो चुक्ता पूँजीको ३० प्रतिशत हिस्सा सर्वसाधारणको बिक्री गर्नुपर्छ । सोही अनुसार ती कम्पनीले कानुनी व्यवस्था अनुरुप सेयर संरचना अनुपात मिलाउन एफपीओ बिक्री गर्न लागेका हुन् ।

सेबानका अनुसार ६ कम्पनीले एक सय रुपैयाँदेखि ७७.८० रुपैयाँसम्म प्रिमियम थप गरेर अधिकतम १७७.८० रुपैयाँसम्मको मूल्यमा एफपीओ बिक्रीको अनुमति मागेका छन् ।

अनुमति माग्नेमा किसान लघुवित्त वित्तीय संस्था लिमिटेड, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड, नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड, युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेड छन्।

किसान लघुवित्तले सबैभन्दा धेरै १६ करोड २२ लाख ८२ हजार ४३६ रुपैयाँ २५ पैसा मूल्यको प्रतिसेयर १२५ रुपैयाँ अंकित दरमा १२ लाख ९८ हजार २५९ कित्ता सेयर एफपीओ जारी गर्न अनुमति मागेको छ । किसान लघुवित्तले २०७८ असार २९ गते एफपीओ बिक्रीको अनुमति मागेको हो ।

मिर्मिरे लघुवित्तले सबैभन्दा कम ९१ लाख २३ हजार ९८४ रुपैयाँ ८० पैसा मूल्यको एफपीओ जारी गर्न अनुमति मागेको छ । मिर्मिरेले सबैभन्दा धेरै मूल्य अर्थात प्रतिसेयर १७७.८० रुपैयाँ अंकित दरमा एफपीओ निष्काशन गर्ने जनाएको छ । यस कम्पनीको सेयर संख्या भने आवेदन दिएकामध्ये सबैभन्दा कम ५१ हजार ३१६ कित्ता रहेको छ । मिर्मिरे लघुवित्तले २०७८ कार्तिक २३ गते एफपीओ निष्कासन गर्न सेबोन मा निवेदन पेश गरेको थियो ।

कम्पनी कित्ता (एफपीओ) मूल्य कुल रकम आवेदन मिति
किसान लघुवित्त वित्तीय संस्था लिमिटेड १२ लाख ९८ हजार २५९ कित्ता १२५ रुपैयाँ १६ करोड २२ लाख ८२ हजार ४३६ रुपैयाँ २५ पैसा २०७८ असार २९ गते

घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड

२ लाख ८९ हजार ४४० कित्ता १५९.०७ रुपैयाँ
 
४ करोड ६० लाख ४१ हजार २२० रुपैयाँ ८० पैसा २०७८ चैत २९ गते
नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड ३ लाख २९ हजार ६४९ कित्ता
 
१६६ रुपैयाँ ३ करोड ८२ लाख ३९ हजार २८४ रुपैयाँ २०७८ भदौ ९ गते
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड ३ लाख ७९ हजार ४२५ कित्ता १०० रुपैयाँ ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ २०७८ चैत्र १७ गते
उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड १ लाख ७८ हजार ४५१ कित्ता १५९ रुपैयाँ २ करोड ८३ लाख ७३ हजार ७३७ रुपैयाँ ६७ पैसा २०७८ चैत २५ गते
मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड ५१ हजार ३१६ कित्ता १७७.८० रुपैयाँ ९१ लाख २३ हजार ९८४ रुपैयाँ ८० पैसा २०७८ कार्तिक २३ गते

समता घरेलु लघुवित्तले अंकित मूल्यमा ५९ रुपैयाँ ७ पैसा प्रिमियम थपेर प्रतिसेयर १५९.०७ रुपैयाँ दरमा एफपीओ ल्याउने भएको छ । यस लघुवित्तले ४ करोड ६० लाख ४१ हजार २२० रुपैयाँ ८० पैसा मूल्यका २ लाख ८९ हजार ४४० कित्ता एफपीओ बिक्री अनुमति मागेको हो । युनिक नेपाल लघुवित्तले २०७८ चैत्र २९ गते एफपिओ जारी गर्ने अनुमति माग्दै बोर्डमा निवेदन दिएको छ ।

युनिक नेपाल लघुवित्तले अंकित मूल्य अर्थात १०० रुपैयाँ दरमा नै एफपीओ ल्याउने भएको छ । यस लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ मूल्यका ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ बिक्री अनुमति मागेको हो । युनिक नेपाल लघुवित्तले २०७८ चैत्र १७ गते एफपिओ जारी गर्ने अनुमति माग्दै बोर्डमा निवेदन दिएको थियो ।

उन्नति सहकार्य लघुवित्तले २ करोड ८३ लाख ७३ हजार ७३७ रुपैयाँ ६७ पैसा बराबरको एफपीओ जारी गरेको छ । लघुवित्तले बोर्डसँग १५९ रुपैयाँ अंकित दरमा १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ जारी गर्न अनुमति मागेको छ । लघुवित्तले एफपीओ जारी गर्न २०७८ चैत २५ गते बोर्डमा निवेदन दिएको थियो ।

बोर्डमा २०७८ भदौ ९ गते आवेदन दिएको नयाँ सारथी लघुवित्तको एफपीओमा धितोपत्र बोर्डले २०७८ पुस २० गते कमेन्ट सहित कम्पनीमा पठाएको छ । नयाँ सारथी लघुवित्त वित्तिय संस्थाले प्रतिकित्ता १६६ रुपैयाँ अंकित दरमा ३ करोड ८२ लाख ३९ हजार २८४ रुपैयाँ बराबरको ३ लाख २९ हजार ६४९ कित्ता एफपिओ जारी गर्ने अनुमति मागेको छ । नयाँ सारथीले २०७८ भदौ ९ गते एफपिओ जारी गर्ने अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।

किसान र मिर्मिरे लघुवित्तलाई २०७८ भदौ १५ गते बोर्डले आवश्यक कागजात नपुगेको भन्दै पठाउन पत्राचार गरिएको बोर्डले जनाएको छ ।

कुन कम्पनीको बिक्री प्रबन्धक कुन क्यापिटल ?

किसान लघुवित्त र युनिक नेपाल लघुवित्तको एफपीओ मुक्तिनाथ क्यापिटलले निष्काशन गर्ने भएको छ ।  यसैगरी मिर्मिरे लघुवित्त वित्तिय संस्थाले एफपीओ निष्काशन नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले सिद्धार्थ क्यापिटसँग एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौता गरेको छ ।

यस्तै समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड र नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशनका लागि एनएमबि क्यापिटलाई बिक्री प्रबन्धक चयन गरेको छ ।

कुन कुन लघुवित्तबीच भएको थियो मर्जर तथा प्राप्ती ?

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्तले स्वेडा लघुवित्त र नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गरको थियो । मिर्मिरे लघुवित्तले २०७७ असार २१ गतेदेखि धादिङको धार्केमा कार्यालय रहेको स्वेडा लघुवित्तलाई प्राप्ति गरेर एकीकृत कारोबार थालेको थियो ।

मिर्मिरेले स्वेडालाई प्रतिकित्ता ७५ रुपैयाँमा खरिद गरेको हो । यस्तै २०७६ फागुन १३ गते एक्वीजिशन सम्झौता गरेर मिर्मिरे लघुवित्तले नागबेलीलाई १०० बराबर ९५ सेयर स्वाप अनुपातमा प्राप्ती गरेर २०७७ भदौ ७ गतेदेखि एकीकृत कारोबार थालेको थियो ।

कैलालीको धनगढी उपमहानगरपालिकामा केन्द्रीय कार्यालय रहेको एनआरएन लघुवित्त, कैलालीकै लम्कीचूहा नगरपालिकाको किसान लघुवित्त र काभ्रेपलान्चोक भकुन्डेबेसीको दिब्य लघुवित्तबीच मर्जर भएर किसान लघुवित्त वित्तीय संस्था लिमिटेड बनेको थियो ।

तीन लघुवित्तबीच एक बराबर एक अनुपातमा नै मर्जर सम्पन्न भएको थियो । राष्ट्रियस्तरमा कार्यक्षेत्र हुनेगरी एनआरएन लघुवित्तले १ः१ः१ को अनुपातमा हुनेगरी दुबै लघुवित्तलाई गाभेको थियो । २०७७ असार २९ गतेदेखि तीन लघुवित्तबीच एकीकृत कारोबार भएको थियो ।

मर्जर अघिका संस्था मर्जर पश्चातको एकीकृत संस्था संयुक्त कारोबार मिति
मिर्मिरे लघुवित्त र स्वेडा लघुवित्त तथा मिर्मिरे लघुवित्त र नागबेली लघुवित्त मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड २०७७ असार २१ र २०७७ भदौ ७ गते
 
एनआरएन लघुवित्त, किसान लघुवित्त र दिब्य लघुवित्त किसान लघुवित्त वित्तीय संस्था लिमिटेड २०७७ असार २९ गते
समता लघुवित्त र घरेलु लघुवित्त समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड
 
२०७८ बैशाख २ गते
उन्नति लघुवित्त र सहकार्य लघुवित्त उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड २०७७ असार २६ गते
युनिक नेपाल लघुवित्त र घोडीघोडा लघुवित्त युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड २०७८ पुस ३० गते
 
नयाँ नेपाल लघुवित्त र सारथी नेपाल लघुवित्त नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड २०७७ असोज ५ गते

बाराको सिमरामा रजिष्टर्ड कार्यालय रहेको समता लघुवित्त वित्तीय संस्था लिमिटेड र काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा रजिष्टर्ड कार्यालय रहेको घरेलु लघुवित्त वित्तीय संस्था मर्ज भएर समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड बनेको हो । समता र घरेलु लघुवित्तबीच मर्जर भएर २०७८ बैशाख २ गतेदेखि समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट काराबार सुरु गरेका थिए । संस्थाको रजिष्टर्ड कार्यालय काभ्रेपलाञ्चोकको बनेपामा रहने गरी दुई लघुवित्तले एकीकृत कारोबार थालेका थिए । घरेलु लघुवित्तको १०० कित्ता सेयर बराबर समता लघुवित्तको ८० कित्ता सेयर हुनेगरी मर्जर सम्पन्न भएको थियो ।

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको उन्नति लघुवित्त वित्तीय संस्था लिमिटेड र सर्लाहीमा केन्द्रीय कार्यालय रहेको सहकार्य लघुवित्त बीच मर्जर सम्पन्न भएर उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड बनेको हो । दुई लघुवित्तले २०७७ असार २६ गतेदेखि एकीकृत कारोबार थालेका थिए । सहकार्य लघुवित्तको १०० कित्ता सेयर बराबर उन्नत्ति लघुवित्तको ७५ कित्ता सेयर हुनेगरी मर्जर सम्पन्न भएको थियो ।

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर सम्पन्न भएर युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड बनेको थियो । बाँकेको कोलपुरस्थि न्युरोडमा केन्द्रीय कार्यालय रहेको युनिक नेपाल लघुवित्त र कञ्चनपुरको श्रीपुर बेलौरीस्थित बेलौरीमा केन्द्रीय कार्यालय रहेको घोडीघोडा लघुवित्त मर्जर भएका हुन् । २०७८ पुस ३० गतेदेखि दुई संस्थाले मर्जर प्रक्रिया पूरा गरी युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा एकीकृत कारोबार सुरु गरेका थिए । घोडीघोडाको १०० कित्ता सेयर बराबर युनिक नेपालको ५० कित्ता सेयर हुनेगरी मर्जर सम्पन्न भएको थियो ।

काभ्रेपलाञ्चोकको धुलिखेलमा प्रधान कार्यालय रहेको नयाँ नेपाल लघुवित्त वित्तीय संस्था र तनहूँमा प्रधान कार्यालय रहेको सारथी नेपाल लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा मर्जर सम्पन्न भई नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड भएको थियो । २०७६ माघ २० गते १ बराबर १ सेयर अनुपातमा मर्जर सम्झौता गरेको यी संस्थाले २०७७ असोज ५ गतेदेखि एकिकृत कारोबार थालेका थिए ।

यसरी मर्जर तथा प्राप्त पश्चात संस्थापक सेयर र सर्वसाधारण सेयर पुँजीको अनुपात मिलान गर्ने क्रममा फरक परेको रकमलाई विभिन्न ६ कम्पनीहरुले प्रिमियममा एफपीओ निष्कासन गरेर तोकिएको सेयर अनुपात कायम गर्न लागेको हुन् ।