काठमाडौं – रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको वार्षिक साधारण सभा पुष १६ गते हुने भएको छ। कम्पनी सञ्चालन समितिको मंसिर २४ गतेको बैठकको निर्णयअनुसार आर्थिक बर्ष २०८०/८१ को पाँचौ वार्षिक साधारण सभा पुष १६ गते बस्ने भएको हो ।
साधारणसभाको प्रयोजनार्थ कम्पनीले पुष २ गते बुक क्लोज गर्ने भएको छ। साथै, कम्पनीले कम्पनीले मंसिर २५ गते राष्ट्रिय स्तरको प्रक्षेपण राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरी सम्पूर्ण शेयरधनीलाई जानकारी दिएको जनाएको छ ।
सो सूचनामा प्रकाशित मंसिर २५ हुनुपर्नेमा भुलवश २४ गते भएकाले सच्याइएको पनि कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया