दोस्रो दिन पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

दोस्रो दिन पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

'प्रतितोला २१ सय रुपैयाँले बढ्याे सुन'


काठमाडौं – मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको प्रतितोला २१ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । 

आइतबार प्रतितोला ४ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार ४ सय रुपैयाँले बढेको थियो । सोमबार सुन प्रतितोला १ लाख ५० हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेर १ हजार ९२५ रुपैयाँ कायम भएको छ। हिजो मूल्य स्थिर रहँदै चाँदी १ हजार ८६५ रुपैयाँमा किनबेच भएको थियो।