विकसित राष्ट्रहरूले मुद्रास्फीति नियन्त्रण गर्न औसत ब्याज दर वृद्धि गर्दा मुद्रा युद्ध उल्टिँदै

विकसित राष्ट्रहरूले मुद्रास्फीति नियन्त्रण गर्न औसत ब्याज दर वृद्धि गर्दा मुद्रा युद्ध उल्टिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

चालिस वर्ष यताकै उच्च भएको मुद्रास्फीति नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भले आक्रामक रुपमा औसत ब्याज दर बढाएपछि विश्व बजारमा डलर शक्तिशाली हुँदै गएको छ ।

डलर शक्तिशाली हुँदै गर्दा अरु देशका मुद्राहरू कमजोर हुँदै गएका छन् । उच्च मुद्रास्फीति र स्वदेशी मुद्रामा गिरावट आउँदै गर्दा बेलायत, स्विट्जरल्यान्ड र युरोपियन युनियनका केन्द्रीय बैंकहरूले पनि ब्याज दर बढाउने तयारी गरेका छन् ।

सन् २०१० मा विकसित देशहरूले आफ्नो देशबाट गरिने निर्यातलाई प्रोत्साहन गर्न आफ्नै स्वदेशी मुद्रा कमजोर बनाएका थिए । स्वदेशी मुद्रा कमजोर बनाई डलरलाई बलियो बनाउनुलाई सामान्य भाषामा मुद्रा युद्ध भनिन्छ ।

सन् २००८ को आर्थिक मन्दीबाट गुज्रिरहेको अमेरिकालाई तत्कालीन समयमा अरु राष्ट्रहरूले आफ्नो स्वदेशी मुद्राको मूल्य घटाएर सहज स्थिति निर्माण गरिदिएका थिए भने अहिले सन् २०१० को मुद्रा युद्ध अधिकांश देशहरूलाई गलाको पासो बनेको छ ।

डलर शक्तिशाली भएका कारण पाउन्ड स्ट्रलिङ्ग, स्विस फ्रान्क, यूरो, येन लगायत विकासोन्मुख राष्ट्रहरूको मुद्रा कमजोर भएका छन् । अन्तराष्ट्रिय समाचार माध्यम रोयटर्समा प्रकाशित समाचारका अनुसार गत १२ महिनामा डलरको विरुद्धमा पाउन्ड स्ट्रलिङ १४ प्रतिशतले अवमूल्यन भएको छ । यसकै अनुपातमा स्विस फ्रान्क रहेको छ भने जापानी येन ३० प्रतिशत भन्दा धेरैले अवमूल्यन भएको छ ।

४० वर्ष यताकै उच्च भएको मुद्रास्फीति नियन्त्रण गर्न बेलायती केन्द्रीय बैंक, स्विस केन्द्रीय बैंक र युरोपियन केन्द्रीय बैंकले औसत ब्याज दर बढाउने तयारी गरेका छन् । अमेरिका बाहेकका राष्ट्रहरूले औसत ब्याज दर बढाउँदा मुद्रा युद्धको स्वरुप परिवर्तन भएको गोल्डम्यान स्याचका विश्लेषकहरूले बताएका छन् ।

मूल्यवृद्धिसँग विश्व जुधिरहँदा अधिकांश देशहरूले औसत ब्याज दर बढाएपछि मुद्रा युद्धको नीति उल्टिँदै गएको अर्थशास्त्रीहरूको बुझाइ रहेको छ ।