काठमाडौं – ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा आधुनिक जीवनशैलीलाई मध्यनजर गर्दै नयाँ ह्याण्डहेल्ड गार्मेन्ट स्टीमर सार्वजनिक गरेको छ । यो हलुका र कम्प्याक्ट डिभाइसले कपडालाई खुम्चिन नदिनुका साथै कपडालाई फ्रेस राख्न मद्दत गर्ने कम्पनीले बताएको छ ।
शाओमी नेपालका कन्ट्री म्यानेजर मनु मनस्वीले यस स्टीमरका बारेमा बोल्दै भने, ‘शाओमीको यस ह्यान्डहेल्ड गार्मेन्ट स्टीमरले दैनिक जीवनलाई अझ सजिलो र गुणस्तरीय बनाउन सहयोग गर्नेछ । हल्का तौल, फोल्ड गर्न मिल्ने सुविधा र उन्नत स्टिमिङ प्रविधिले यस स्टीमरलाई कपडाको विशेष केयर गर्न चाहने जो कोहीको लागि उपयुक्त बनाउँछ ।’
शाओमी ह्यान्डहेल्ड गार्मेन्ट स्टीमरको तौल केवल ७७० ग्राम रहेको छ । जसले गर्दा यसलाई लामो समयसम्म थकान बिना नै प्रयोग गर्न सकिन्छ । यसको फोल्ड गर्न मिल्ने डिजाइनले यसलाई सानो झोलामा पनि सजिलै स्टोर गर्न सकिन्छ । यसले गर्दा यो स्टीमर घरमा मात्र नभई यात्राको क्रममा पनि उत्तिकै उपयोगी हुन्छ । यो डिभाइसमा सेरामिक कोटेड डाइ–कास्ट एलुमिनियम प्यानल समावेश रहेको छ जसले गर्दा यो मात्र २६ सेकेन्डमै तात्छ र यसले स्थिर तापक्रम पनि प्रदान गर्दछ ।
यसको स्मूथ ग्लाइडिङ प्रविधिले खुम्चेको कपडालाई नबिगारी मिलाउँछ भने सेकेन्डरी भेपराइजेसन प्रविधिले पानीको दाग पनि हटाउँछ । सिल्क, सिन्थेटिक्स, लिनेन, नाइलन, ऊन र कपासजस्ता विभिन्न प्रकारका कपडामा प्रयोग गर्न मिल्ने यस गार्मेन्ट स्टिमरले बहुमुखी उपयोगिता प्रदान गर्दछ ।
शाओमी ह्यान्डहेल्ड गार्मेन्ट स्टीमरको मूल्य रु.४,२९९ रहेको छ जुन नेपालभरका आधिकारिक शाओमीका आधिकारिक रिटेल स्टोरहरूमा पाइने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया