काठमाडाैं – नेपाल टेलिकमका रिचार्ज कार्ड आपूर्ति समस्या समाधान भएको छ । विगत केही दिन देखि विविध कारणले आपूर्तिकर्ताले समयमा आपूर्ति गर्न नसकेको कारण नेपाल टेलिकमका रिचार्ज कार्ड आपूर्तिमा समस्या देखिएको थियो ।
हाल उक्त समस्या समाधान भई पूर्ववत रिचार्ज कार्डहरु बजारमा उपलब्ध भइसकेको टेलिकमले एक सूचना जारी गर्दै जानकारी दिएको छ । साथै, केही सञ्चार माध्यमहरुमा रिचार्ज कार्डको अभावको कारणले नेपाल टेलिकमको राजश्वमा कमी आई व्यापार घाटा भएको भनी भ्रामक समाचारहरुमा कुनै सत्यता नरहेको समेत टेलिकमले स्पष्ट पारेको छ ।
रिचार्ज कार्डको सहज रुपमा आपूर्ति हुन नसकेको अवस्थामा पनि ग्राहकले रिचार्ज कार्डको विकल्पको रुपमा रहेका मोबाइल पोइन्ट अफ सेल, डिजिटल वालेट प्रयोग गरी प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गरिरहेको हुँदा रिचार्ज कार्डको अभावको कारणले कम्पनीको व्यापार र राजश्वमा कुनै नकारात्मक प्रभाव नपरेको पनि कम्पनीले जनाएको छ ।
प्रतिक्रिया