काठमाडौं – सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय चितवन लगिएको छ ।
लामिछानेलाई मंगलबार बिहान मात्रै काठमाडौंबाट बयानका लागि चितवन लगिएको थियो । साहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा यही मङ्सिर ५ गते रविसहित १० जनाविरुद्ध पूरक जाहेरी दर्ता भएको थियो ।
काठमाडौंबाट पक्राउ गरेर कास्की पुर्यााइएका लामिछानेलाई यसअघि रुपन्देही र काठमाडौंमा बयान लिइसकिएकाे छ ।
प्रतिक्रिया