फेडले औसत ब्याजदर बढाउने तयारी गर्दै, जापानी येन २४ वर्ष यताकै कमजोर

फेडले औसत ब्याजदर बढाउने तयारी गर्दै, जापानी येन २४ वर्ष यताकै कमजोर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भ (फेड) ले औसत ब्याज दर बढाउने तयारी गरेको छ । फेडले औसत ब्याज दर बढाउने निर्णय गरेसँगै डलर बलियो हुँदै जाँदा जापानी येन २४ वर्ष यताकै कमजोर हुन पुगेको छ ।

गत साता जापानी केन्द्रीय बैंक, बैंक अफ जापानले विस्तारकारी नीतिलाई नै निरन्तरता दिने निर्णय गरेको छ । विश्वव्यापी रुपमा विकसीत देशहरुले औसत ब्याज दर बढाउँदा अरु मुद्रा बलियो हुँदै गएका छन् भने जापानी येन कमजोर हुँदै गएको हो ।

येन घट्दै गर्दा डलर सूचांक युरो, येन लगायतका अन्य चार मुद्राको तुलनामा ०.२८ प्रतिशतले घटेको छ भने १०४.४० विन्दुमा कायम भएको छ । डलरको मूल्य नबढ्नुको कारण अमेरिकी सेयरबजारमा भएको मध्यम कारोबार रहेको सीटिग्रुप ग्लोबल मार्केट जापानका रणनीतिज्ञ ओसामु टाकासीमाले बताएका छन् ।

यसैगरी फेडले औसत ब्याज दर बढाउने निर्णय गरेसँगै त्यसको प्रभाव सेयरबजारमा नकरात्मक र डलर र अमेरिकी बन्डमा सकरात्मक परेको उनले थपेका छन् । फेडले औसत ब्याज दर बढाउँदै गर्दा येन डलरको विरुद्धमा १४० पुग्न सक्ने र अमेरिकी बन्डको कुपन दर ३.७५ प्रतिशत सम्म पुग्ने टाकासीमाले अनुमान गरेका छन् ।

मूल्यवृद्धि यथावत रहँदा अमेरिकाले औसत ब्याज दर बढाउने तयारी गरेको छ । संसदमा पेस गरेको मौद्रिक नीतिको अर्धबार्षिकी प्रतिवेदनमा फेडरल रिजर्भले मुद्रास्फीति नियन्त्रण गर्न ०.७५ प्रतिशतले ब्याज दर बढाउन सुझाव दिएको छ ।

फेडका अध्यक्ष जेरोम पावेलले आर्थिक मन्दीको जोखिम रहेता पनि आफूहरु मूल्यवृद्धि नियन्त्रण गर्न तत्पर रहेको र ब्याज दर वृद्धि सुन्दा कठोर र कष्टदायी सुनिएता पनि आवश्यक कदम चाल्ने बताएका छन् ।