काठमाडाैं – रोल्पा प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक (सई) ललीत कुमार बुढाथोकी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुढाथोकीलाई २५ हजार घुससहित पक्राउ गरेको हो ।
बुढाथोकीले सवारी साधन आवतजावत सहज गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको आयोगले जनाएको छ । सेवाग्राहीबाट लिइसकेको २५ हजार रुपैयाँ नगदसहित उनी पक्राउ परेका हुन् ।
प्रतिक्रिया