काठमाडौं – कास्की प्रहरी हिरासतमा रहेका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशीलाई चितवन लगिएको छ ।
चितवन भरतपुरमा रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे बयानका लागि जोशीलाई चितवन लगिएको हो ।
प्रहरीले जोशीसँगै रामबहादुर ढकाललाई पनि चितवन ल्याएको छ । जिल्ला सरकारी वकिल कार्यालयमा उनीहरुको बयान सकिएपछि पोखरा नै फिर्ता गराउने प्रहरीको तयारी छ ।
मंसिर ५ गते २४ जना बचतकर्ताले साहारा सहकारीको रकम अपचलन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित १० जनाविरुद्ध जाहेरी दिएका थिए ।
प्रतिक्रिया