काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले एक इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र खारेज गरेको छ । तोकिएको समयभित्र नवीकरण नगरेपछि प्राधिकरणले नेट म्याक्स टेक्नोलोजिज प्रालिको अनुमतिपत्र खारेज गरेको हो ।
कम्पनीको कात्तिक २९ गतेदेखि लाइसेन्स रद्द भएको हो । प्राधिकरणले नेट म्याक्सलाई सरकार तथा प्राधिकरणलाई नियमानुसार तिर्न बाँकी रकमसहित ३० दिनभित्र कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको छ ।
प्रतिक्रिया