साताको सुनमा भन्सार दरको प्रभाव : १६ हजार ३ सयले घट्यो मूल्य

साताको सुनमा भन्सार दरको प्रभाव : १६ हजार ३ सयले घट्यो मूल्य


काठमाडौं – यो साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्यमा १७ सय रुपैयाँले बढेको थियो । मूल्य बढेसँगै त्यसदिन छापावाला सुन प्रतितोला एक लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको थियो । त्यसदिन अघिल्लो दिनको तुलनामा सुन प्रतितोला १५ हजार नौ सय रुपैयाँले घटेको थियो । मूल्य घटेसँगै त्यसदिन सुन प्रतितोला एक लाख ५१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाली बजारमा मंगलबार पनि सुनको मूल्यमा उच्च गिरावट आएको थियो । त्यसदिन सुन प्रतितोला २ हजार ६ सय रुपैयाँले घट्दै १ लाख ४८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको थियो । सोमबार र मंगलबार गरी प्रतितोला १८ हजार पाँच सय रुपैयाँ घटेको सुनको मूल्य त्यसदिन प्रतितोला नौ सय रुपैयाँ बढेको हो। मूल्य बढेसँगै त्यसदिन सुन प्रतितोला  एक लाख ४९ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार सुनको मूल्यमा तीन सय रुपैयाँको गिरावट देखिएको थियो। मूल्य घटेसँगै त्यसदिन सुन प्रतितोला एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार सुनको मूल्य प्रतिताेला एक हजार छ सय रुपैयाँले बढेको नेपाली बजारमा मूल्य बढेसँगै त्यस दिन सुन एक लाख ५० हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

समग्रमा यो साता सुनको मूल्यमा भारी अर्थात् १६ हजार ३ सय रुपैयाँको गिरावट देखिएको छ। सरकारले भन्सारदर घटाएपछि सुनको मूल्यमा भारी गिरावट देखिएको हो । सरकारले १० प्रतिशत भन्सारदर कायम गरेपछि सोअनुसार सोमबारदेखि मूल्य समायोजन भएको थियो । अघिल्लो साता समग्रमा सुनको मूल्यमा ५५ सय रुपैयाँको वृद्धि देखिएको थियो ।