राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक, केही नीतिगत परिवर्तन भएन

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक, केही नीतिगत परिवर्तन भएन


काठमाडौं –  नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गरेको छ । मौद्रिक समीक्षा ल्याउन राष्ट्र बैंकको बोर्ड (सञ्चालक समिति)को बैठक साढे ८ बजे बसेको थियाे । बैठकमा मौद्रिक नीति समीक्षामाथि छलफल सकिएपछि समीक्षा सार्वजनिक गरिएकाे हाे ।

राष्ट्र बैंकले पहिलो त्रैमासिक समीक्षामा कुनै नीतिगत परिवर्तन भने गरेको छैन । मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.०० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत् राखेकाे छ।

अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई यथावत राखिएको छ । राष्ट्र बैंकले वार्षिक मौद्रिक नीतिपछि त्रैमासिक र अर्धवार्षिक समीक्षा अन्तर्गत आज पहिलो समिक्षा सार्वजनिक गरेको हो ।