काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको अवधिमा डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेको बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले राष्ट्र बैंकलाई बक्यौता नतिर्ने उद्योगको खाता रोक्का गर्न पत्राचार गरेका हुन् ।
घिसिङले नेपाल सरकारको कार्तिक २५ को निर्णय र विद्युत् नियमन आयोगको मंसिर ११ गतेको निर्देशनअनुसार राष्ट्र बैंकलाई खाता रोक्का गर्न पत्राचार गरेका हुन् ।
प्रतिक्रिया