काठमाडौं – हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमा लगानी योग्य रकम बढेकाे छ । हाल बैंकिङ्ग प्रणालीमा अधिक तरलता अर्थात् लगानी याेग्य रकम थुप्रिएसँगै बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ६३ प्रतिशतसम्म आइपुगेको छ ।नेपाल बैंकर्स संघकाे तथ्यांकअनुसार हाल वाणिज्य बैंकहरुको कुल निक्षेप ५९ खर्ब ३ अर्ब ५७ करोड रुपैयाँ कायम भएको छ । जसमा कर्जा प्रवाह भने ४६ खर्ब ७९ अर्ब ९१ करोड रुपैयाँ रहेकाे छ ।
कात्तिक महिनासम्म बैंकहरुको सीडी रेसियो औसत ७७.०५ प्रतिशत कायम भएको छ । संघका अनुसार हाल बैंकहरुसँग ७ खर्ब ११ अर्ब ३८ करोड रुपैयाँ लगानी योग्य रकम छ । हाल सबैभन्दा कम सीडी रेसियो राष्ट्रिय वाणिज्य बैंककाे ६३.०१ प्रतिशत रहेकाे छ । यसकाे आधारमा हाल बैंकसँग १ खर्ब १४ अर्ब ९२ करोड बढी रकम लगानी योग्य छ । यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड बैंकको सीडी रेसियो ६.१ प्रतिशत अर्थात् बैंकसँग२७ अर्ब मात्रै लगानीयोग्य रकम छ ।
यस्तै, नेपाल एसबीआई बैंकको सीडी रेसियो ७०.१८ प्रतिशत, कृषि विकास बैंकको ७३.६२ प्रतिशत, नेपाल बैंकको ७४.४५ प्रतिशत, प्रभु बैंकको ७५.३५ प्रतिशत, हिमालयन बैंकको ७५.७४ प्रतिशत, ग्लोबल आईएमई बैंकको ७७.३७ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ७७.९७ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७८.२० प्रतिशत रहेको छ ।
त्यस्तै, एभरेष्ट बैंकको सीडी रेसियो ८०.०३ प्रतिशत, सानिमा बैंकको ८१.११ प्रतिशत, एनआईसी एशिया बैंकको ८१.१४, माछापुच्छ्रे बैंकको ८१.३५, नबिल बैंकको ८१.३, सिद्धार्थ बैंकको ८२.०२, सिटिजन बैंकको ८३.२९, कुमारी बैंकको ८३.०, एनएमबि बैंकको ८४.३ प्रतिशत, प्राइम कमर्सियल बैंकको ८५.४१ प्रतिशत रहेकाे छ ।
कात्तिक मसामन्तसम्म ग्लोबल आइएमई बैंकसँग ६६ अर्ब ५१ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसँग ५१ अर्ब ८३ करोड, हिमालयन बैंकसँग ४५ अर्ब ३२ करोड, नेपाल बैंकसँग ४४ अर्ब ९७ करोड, प्रभु बैंकसँग ४४ अर्ब ५४ करोड, लक्ष्मी सनराइज बैंकसँग ४० अर्ब ६९ करोड, नबिल बैंकसँग ३९ अर्ब ६० करोड रुपैयाँ लगानीयोग्य रकम छ ।
यस्तै, नेपाल एसबीआई बैंकसँग ३६ अर्ब ८९ करोड रुपैयाँ, कृषि विकास बैंकसँग ४२ अर्ब ८३ करोड रुपैयाँ, एनआईसी एशिया बैंकसँग २८ अर्ब ८ करोड रुपैयाँ, एभरेष्ट बैंकसँग २४ अर्ब ३६ करोड रुपैयाँ, कुमारी बैंकसँग २२ अर्ब ४८ करोड रुपैयाँ, , सानिमा बैंकसँग १८ अर्ब ७ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकसँग १४ अर्ब ६० करोड रुपैयाँ, एनएमबि बैंकसँग १३ अर्ब ५८ करोड रुपैयाँ, सिटिजन्स बैंकसँग १३ अर्ब ४ करोड रुपैयाँ र प्राइम कमर्सियल बैंकसँग १० अर्ब २८ करोड रुपैयाँ लगानीयोग्य रकम छ ।
प्रतिक्रिया