जनसङ्ख्याको भविष्य नवजात शिशुसँग जोडिएको छ : प्रधानमन्त्री ओली

जनसङ्ख्याको भविष्य नवजात शिशुसँग जोडिएको छ : प्रधानमन्त्री ओली


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याको भविष्य नवजात शिशुसँग जोडिएको बताएका छन् । प्रधानमन्त्री ओलीले आजदेखि सुरु भएको छैठौं एशियाली जनसंख्या सम्मेलनकाे भर्खरै जन्मिएकी बालिकालाई स्वागत गरेर उद्घाटन गर्दै जनसंख्याको भविष्यको प्रतिनिधित्व आजका नवजात शिशुले गर्ने बताएका हुन् ।

साथै, प्रधानमन्त्री ओलीले भिडिओ कलमार्फत आमा र बच्चा दुवैको स्वास्थ्यलाभको कामना समेत गरे । १५ गतेसम्म हुने सम्मेलनमा विभिन्न देशका ६०० जनसंख्याविद्हरूको सहभागिता रहेको छ।

(सिडिपिएस) स्थानीय आयोजक रहेको यो सम्मेलनमा १७ वटा विषयका कार्यपत्रहरु प्रस्तुत हुनेछन् । अन्तिम दिन मंसिर १५ गते नेपाल शेसन पनि हुनेछ ।