काठमाडौं – आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेर कारोबारमा आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज बुधबार तोलामा ९०० रुपैयााले सुनको मूल्य बढेको हो ।
हिजो मंगलबार सुनको मूल्य तोलामा २६ सय रुपैयाँले घटेको थियो । आज ९०० रुपैयाँले बढेसँगै सुनको मूल्य तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको छ । यस्तै आज चाँदीको मूल्य समेत तोलामा १० रुपैयाँले बढेको छ ।
हिजो तोलामा १८ सय २० रुपैयाँ रहेको चाँदीको मूल्य आज १८ सय ३० रुपैयाँ कायम छ ।
प्रतिक्रिया