वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा ३ जना पक्राउ

वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा ३ जना पक्राउ


काठमाडाैं – वैदेशिक रोजगारीमा आकर्षको तलबको प्रलोभनमा रकम ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । विभिन्न देशमा पठाइदिने भनी सर्वसाधारणबाट रकम असुल गरी सम्पर्क विहीन भएकाधनुषाको मिथिला नगरपालिका–९ का ४१ वर्षीय रवीन कोइराला, धादिङको सिद्धलेक गाउँपालिका–७ आदमटारका ३६ वर्षीय पदमबहादुर भुजेल र झापा बाह्रदर्शी गाउँपालिका–३का ४१ वर्षीय कार्तिकलाल राजवंशी पक्राउ परेका हुन् ।

रविनले एक लाख, पदमले तीन र कार्तिक सात लाख ७० हजार लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई काठमाडाैंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।