काठमाडौं – लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले भोलि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्तापूँजीको ८८.४५ प्रतिशत अर्थात १ः०.८८४५ रेसियोको हकप्रद खुल्ला गर्दैछ ।
कम्पनीले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ।
एलआइसी नेपालले ८८.४५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न कात्तिक ९ गते बुक क्लोज गरेको थियो । तसर्थ, कात्तिक ८ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र अपिको हकप्रद सेयर भर्न पाउनेछन् ।
हकप्रद सेयर निष्कासनका लागि कम्पनीले नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया