धौलागिरी लघुवित्तको कामु सीईओमा शिवराम जोशी

धौलागिरी लघुवित्तको कामु सीईओमा शिवराम जोशी


काठमाडौं – धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारीको जिम्मेवारी शिवराम जोशीले पाएका छन् ।

मंसिर १० गते सोमबार बसेको कम्पनि संचालन समितिको २४ औं बैठकको निर्णय अनुसार संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत जोशीलाई अर्को व्यवस्था नभएसम्मको लागी कामु सीईओको जिम्मेवारी दिएको हो ।