पाल्पाको बगनासकाली सहकारी संस्थाबाट पाँच लाख रुपैयाँ चोरी

पाल्पाको बगनासकाली सहकारी संस्थाबाट पाँच लाख रुपैयाँ चोरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

पाल्पाको बगनासकाली गाउँपालिका–८ डढुवाडाँडास्थित बगनासकाली बहुउद्देश्य सहकारी संस्था लिमिडेटबाट नगद ५ लाख २७ हजार ३ सय ७३ रुपैयाँ चोरी भएको छ ।

उक्त सहकारीको कार्यालय कोठामा रहेको दराजबाट सो रकम चोरी भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पा र अस्थायी प्रहरी चौकी भुसलडाँडाबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुको साथै थप अनुसन्धान गरिरहेको छ ।