साताको सुन कारोबारः ५ दिनमा ५५ सय रुपैयाँले बढ्यो मूल्य

साताको सुन कारोबारः ५ दिनमा ५५ सय रुपैयाँले बढ्यो मूल्य


काठमाडौं – अघिल्लो साता भारी रकमले घटेको सुनको मूल्यमा यो साता वृद्धि देखियो । यो साता सुनको मूल्यमा एकदिन (आइतबार) सामान्य गिरावट बाहेक अन्य पाँच दिन नै बढेको थियो । साताको पहिलो कारोबारको दिन आइतबार प्रतितोला १ सय रुपैयाँ घट्दै सुरु भएको सुनको मूल्य साताको अन्तिम कारोबार शुक्रबार १५ सय रुपैयाँले बढेर बन्द भयो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार १ हजार रुपैयाँ, मंगलबार ११ सय रुपैयाँ, बुधबार ९ सय रुपैयाँ, बिहीबार १ हजार रुपैयाँ र शुक्रबार १५ सय रुपैयाँले बढेको थियो । 

यो साता समग्रमा सुनको मूल्यमा ५५ सय रुपैयाँको वृद्धि देखिएको छ । आइतबार  १ लाख ६० हजार रुपैयाँबाट सुरु भएको  सुनको मूल्य शुक्रबारसम्म आइपुग्दा बढेर १ लाख ६५ हजार ५ सय रुपैयाँ पुगेको थियो । 

कुन दिन कति थियो  सुनको मूल्यः

आइतबार– १ लाख ६० हजार रुपैयाँ

सोमबार – १ लाख ६१ हजार रुपैयाँ

मंगलबार– १ लाख ६२ हजार १ सय रुपैयाँ

बुधबार – १ लाख ६३ हजार रुपैयाँ

बिहीबार–  १ लाख ६४ हजार रुपैयाँ

शुक्रबार – १ लाख ६५ हजार ५ सय रुपैयाँ