यूरोपियन केन्द्रीय बैंकले आठ वर्षपछि धनात्मक ब्याजदर नीति अवलम्बन गर्ने

यूरोपियन केन्द्रीय बैंकले आठ वर्षपछि धनात्मक ब्याजदर नीति अवलम्बन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

आठ वर्षसम्म ब्याजदरमा ऋणात्मक नीति अपनाएको यूरोपियन केन्द्रीय बैंकले धनात्मक नीति अवलम्बन गर्ने भएको छ । 

सन् २०१४ बाट सन् २०२२ सम्म ऋणात्मक नीति अपनाउँदै आएको युरोपियन केन्द्रीय बैंकले आगामी समयमा धनात्मक नीति अवलम्बन गर्ने भएको हो ।

यसअघि निपेक्षकर्ताहरुले युरोपियन बैंकमा निपेक्ष गर्दा बैंकलाई ०.५ प्रतिशत बुझाउनुपथ्र्यो भने बैंकले धनात्मक नीति अवलम्बन गरे लगत्तै निक्षेपकर्ताहरुले ब्याज रकम पाउने भएका हुन् ।

सन् २०१४ को जुन महिनामा यूरोपमा ऋण संकट पैदा भएको थियो । यसै क्रममा व्यवसायिक लगानी तथा आर्थिक वृद्धिलाई प्रोत्साहन गर्न, रोजगारी दर बढाउन र दक्षिण यूरोपमा कमजोर भएका अर्थतन्त्रहरुलाई सहायता गर्दै यूरोपियन केन्द्रीय बैंकका अध्यक्ष मारियो ड्रागिले औसत ब्याजदर शून्य भन्दा पनि कम गर्ने नीति अघि सारेका थिए ।

उनको यो निर्णयले बैंकहरुको त्रैमासिक आर्थिक वृद्धि खुम्चिनुका साथै बैंकहरुको सेयर पनि क्रमिक रुपमा घट्दै गएको थियो । निक्षेपकर्ताहरु बचतलाई लिएर नकरात्मक भएका थिए ।

यूरोपियन केन्द्रीय बैंकले आर्थिक वृद्धि तथा कुल ग्रास्थ उत्पादन (जिडिपी) मा वृद्धि ल्याउन ऋणात्मक नीति अघि सारेता पनि यूरोपका १९ देशहरुको जिडिपीमा २ प्रतिशत मात्रै वृद्धि आएको थियो । यसैगरी विश्वव्यापी रुपमा कोभिड १९ संक्रमण फैलिँदै गएपछि युरोपको आर्थिक वृद्धि दरमा गिरावट आएको थियो ।

कोभिड १९ संक्रमणको समयमा उत्पन्न भएको माग र आपूर्ति बीचको असन्तुलन, आपूर्ति श्रृङ्खला अवरोध र रुसले युक्रेनमा आक्रमण गरेपछि इन्धन तथा खाद्यान्नको मूल्यवृद्धि हुँदा मुद्रास्फीति दर ८.५ प्रतिशत पुगेको छ । आकाशिएको मूल्यवृद्धि नियन्त्रणका लागि यूरोपियन केन्द्रीय बैंकले औसत ब्याजदर बढाउने भएको छ ।

अधिकांश विकसित देशहरुले संकुचित मौद्रिक नीति अवलम्बन गरेको समयमा यूरोपियन केन्द्रीय बैंक र बैंक अफ जापानले विस्तारित मौद्रिक नीति अवलम्बन गरेका थिए । विस्तारित मौद्रिक नीति पालना गर्ने केन्द्रीय बैंकहरुको सूचीमा अब बैंक अफ जापान मात्रै रहेको छ ।

मुद्रास्फीति दर २ प्रतिशतभन्दा कम बनाउने उद्देश्यका साथ युरोपियन केन्द्रीय बैंकले औसत ब्याजदर बढाउन लागेको हो । यसैगरी यूरोपियन केन्द्रीय बैंकले बन्डको खरिद बन्द गरेको छ ।