काठमाडौं – नेपाली चलचित्र निर्मात्री, अभिनेत्री तथा प्राइम टाइम्स टेलिभिजनकी प्रबन्ध निर्देशकका रूपमा विभिन्न सामाजिक अभियानहरूका लागि परिचित व्यक्तित्व एलिजा गौतमले नेपालको पहिलो अफरोडर इलेक्ट्रिक एसयूभी जेइको जेसिक्स (जे६) किनेकी छिन् । नेपालमा ओमोडा एन्ड जेइको ईभीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले उनलाई जे६ हस्तान्तरण गरेको छ ।
ओमोडा एन्ड जेइकोको चाबहिलस्थित आधिकारिक डिलरसिप एबीटी मोटर्समा एक कार्यक्रमका साथ जेइको जेसिक्स हस्तान्तरण गरिएको हो । एसपीजी अटोमोबाइल्सका महाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्द, सिनियर म्यानेजर आशिष दाहाल तथा एबीटी मोटर्सका प्रबन्ध निर्देशक सचिनकुमार श्रेष्ठ र सोरुम म्यानेजर हिमांशु श्रेष्ठको उपस्थितिमा एलिजा गौतम र ऋषि धमलालाई सो एसयूभी हस्तान्तरण गरिएको हो ।
जेइको जेसिक्स नेपालकै पहिलो अफरोडर इलेक्ट्रिक एसयूभी हो, जसले साहसिक यात्रा गर्न चाहनेहरूका लागि परिष्कृत ड्राइभिङ अनुभव र दिगो मोबिलिटी सोलुसन प्रदान गर्दछ । जेइको जेसिक्स शक्तिशाली इलेक्ट्रिक मोटर, २०० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स र स्पोर्टी डिजाइनले गर्दा अन्य प्रतिस्पर्धी एसयूभीहरूभन्दा छुट्टै स्तरमा रहेको कम्पनीको दावी छ । यसका अलावा, जेसिक्समा रहेको ४०० किलोमिटरको डब्लुएलटीपी रेन्ज, ६५.६९ किलोवाट आवरको ब्याट्री क्षमता र १३५ किलोवाटको अधिकतम पावरले अफरोड ट्र्याकहरू तथा एडभेन्चरस यात्रामा भरपर्दो साथ दिन्छ ।






About Us
प्रतिक्रिया