काठमाडौं – नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्य बढेकाे छ । आज मूल्य बढेसँगै सुनको मूल्य तोलामा १ लाख ६३ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बुधबार प्रतितोला ९ सय रुपैयाँ बढेको हो ।
यसअघि आइतबार प्रतितोला १ लाख ६० हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यसयता बढ्दै गएको सुन सोमबार १ लाख ६१ हजार, मंगलबार १ लाख ६२ हजार १ सयमा कारोबार भएको थियो ।
आज चाँदी प्रतितोला ५ रुपैँयाले घटेको छ । आज चाँदी तोलामा १ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको थियो ।





About Us
प्रतिक्रिया