काठमाडौं – स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले बु्क क्लोजको मिति मंसिर १२ गते तय भएको छ। बैंकले मंसिर ४ गते साधारणसभाको सूचना प्रकाशित गर्दै मंसिर ६ गते बुक क्लोज गर्ने बताएको थियो। तर पछि बैंकले उक्त मितिलाई परिवर्तन गरेर मंसिर १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।
यससँगै अब मंसिर ११ गतेसम्म कायम शेयरधनी बैंकको साधारणसभामा भाग लिन र बैंकले वितरण गर्न लागेको लाभांश प्राप्त गर्न सक्ने भएका छन्।
बैंकले हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशत अर्थात् प्रति १०० शेयरमा ६.५ शेयरका दरले बोनस शेयर र १९ प्रतिशत अर्थात् प्रति शेयर १९ रुपैयाँ नगद लाभांश कर सहित वितरण गर्ने निर्णय गरेको छ।



About Us
प्रतिक्रिया