काठमाडौं – मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।
उनीमाथि प्रधानमन्त्री केपी शर्मा ओली लगायतविरुद्ध विवादित प्रचार गरेको आरोप छ । यसअघि उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य टीका संग्रौला लगायतको चरित्र हत्या गरेको आरोपमा गत असोज ६ मा पक्राउ परेका थिए ।



About Us
प्रतिक्रिया