काठमाडौं – रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको नाफा साढे ८ करोड नाघेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफा ३ करोड ६३ लाख रुपैयाँले बढेर ८ करोड ६७ लाख ७९ हजार रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्म कम्पनीले ५ करोड ३ लाख ८३ हजार नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीले २ अर्ब ३४ करोड ५८ लाख रुपियाँ सञ्चालन आम्दानी गरेको छ। कम्पनीले असोज मसान्तसम्ममा २८ करोड ९४ लाख रुपियाँ कुल नाफा कमाएको छ ।
कम्पनीको अन्य आम्दानी १ करोड १३ लाख ५५ हजार रुपियाँ र सञ्चालन मुनाफा २० करोड ३१ लाख ३० हजार रुपियाँ तथा वित्तीय खर्च १० करोड ४३ लाख ७४ हजार रुपियाँ रहेको छ। १ अर्ब ७० करोड ७३ लाख ४० हजार रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटीमा ५ अर्ब ४३ करोड २४ लाख ७५ हजार रुपैयाँ छ ।
नेपाल विद्युत् प्राधिकरणले पटक पटक विद्युतको लाइन काट्दा गत वर्ष घटेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको वित्तीय विवरणमा यस वर्ष भने सुधार आएको छ । गत वर्ष कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) घटेर २.९७ रुपियाँमा झरेकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सुधार भएर १९।९५ रुपियाँ पुगेको कम्पनीले जनाएको छ ।

देशको ठुलो एक निर्यातमूलक उद्योग रिलायन्स स्पिनिङ मिल्सले विद्युतको प्रिमियम महसुल नतिरेको भन्दै आलोचना र उजुरी गरेर उसले बुक बिल्डिङ विधिबाट सर्वसाधारणको लागि निष्कासन गर्न लागेको आइपिओ रोक्ने काम भएको थियो ।भारतदेखि टर्कीसम्म वार्षिक अर्बौँ रुपियाँको धागो निर्यात गर्दै पटक पटक उत्कृष्ट निर्यातकर्ताको रूपमा समेत सम्मानित भएको यस उद्योगविरुद्ध पछिल्लो समयमा धेरै मुद्दा र उजुरी गरेर विवादमा ल्याउँदा उद्योगको अन्तर्राष्ट्रिय छविमा समेत असर परेको छ ।
यद्यपि अहिले प्रिमियम मूल्यमा आइपिओ निष्कासन गर्ने सम्बन्धमा उच्च अदालत पाटन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), नेपाल धितोपत्र बोर्डबाट ‘क्लिन चिट’ पाइसकेको छ । तीन दशकदेखि निरन्तर संचालमा रहेको कम्पनीमा साढे चार हजारलाई प्रत्यक्ष रोजगारी दिएको छ।पटक पटक सीआईपी अवार्ड बाट समेत सम्मानित हुँदै आएको रिलायन्सले थप नयाँ उद्योग राख्ने थालको छ भने आवश्यक लगानी स्वदेशमै जुटाउन बुक बिल्डिङ पक्रिया आइपिओ निष्कासनको अन्तिम चरणमा रहेको छ ।






About Us
प्रतिक्रिया