वाणिज्य बैंकहरुको सम्पति १२.९ प्रतिशतले बढ्यो

वाणिज्य बैंकहरुको सम्पति १२.९ प्रतिशतले बढ्यो


काठमाडौं – गत आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैंकहरूको सम्पत्ति बढेको छ । नेपाल राष्ट्र बैंकले आइतबार अर्थ मन्त्रालयलाई बुझाएको प्रतिवेदनअनुसार गत आवमा ‘क’ वर्गका बैंकहरूको कुल सम्पत्ति र दायित्व १२.९ प्रतिशतले वृद्धि भई ७२ खर्ब २७ अर्ब ६० करोड पुगेको छ ।

गत आवमा विकास बैंकहरूको सम्पत्ति ७.९ प्रतिशतले वृद्धि भएको केन्दीय बैंककाे तथ्यांकमा उल्लेख छ । त्यस्तै, गत आवमा विकास बैंकहरूको कुल सम्पत्ति ७ खर्ब १७ अर्ब पुगेको छ । यसैगरी वित्त कम्पनीहरूको सम्पत्ति ११.२ प्रतिशतले वृद्धि भई १ खर्ब ६९ अर्ब ७२ करोड पुगेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, लघुवित्त वित्तीय संस्थाहरूको कुल सम्पत्ति र दायित्व १.३ प्रतिशतले घटेर ५ खर्ब ५३ अर्ब ७३ करोड रूपैयाँ कायम भएको छ ।