लक्ष्मी सनराइज बैंकको संस्थापक शेयर बिक्रीमा

लक्ष्मी सनराइज बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – लक्ष्मी सनराइज बैंकको संस्थापक शेयर बिक्रीमा ल्याएकाे । बैंकको संस्थापक समूहको साढे ४० लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएकाे हो ।

बैंकले संस्थापक शेयरधनीहको नाममा रहेको शेयरमध्ये ४० लाख ६१ हजार ४२९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेकाे हाे ।बैंकका विद्यमान संस्थापक शेयरधनीहले मात्रै उक्त शेयर खरिद गर्न पाउनेछन् ।

शेयर खरिदका लागि ३५ दिनको अवधि दिइएको छ। इच्छुक विद्यमान शेयरधनीहरुले तोकिएको मितिभित्र बैंकको काठमाडौंको हात्तीसारस्थित केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ।

तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।