सबैभन्दा बढी कर तिर्ने नेपाल टेलिकम सरकार द्वारा सम्मान

सबैभन्दा बढी कर तिर्ने नेपाल टेलिकम सरकार द्वारा सम्मान



काठमाडौ – अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी आयकर तिर्ने नेपाल टेलिकमलाई सरकारले सम्मान गरेको छ।

सरकारले आर्थिक वर्ष २०७९\८० मा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा शनिबार सम्मान गरेको हो।

सोहीअनुसार टेलिकमलाई आर्थिक वर्ष २०७९\८० मा सबैभन्दा बढी आयकर दाखिला गरेको भन्दै आन्तरिक राजश्व विभागले सम्मान पत्रसहित सम्मान गरेको हो ।

शनिबार आन्तरिक राजस्व विभागमा भएको कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले टेलिकमलाई पुरस्कृत गरेका हुन्। उक्त कार्यक्रममा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल ले सम्मान लिएकी हुन्।