काठमाडौं – नबिल बैंकले यहि मंसिर २७ गते ४० औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको आज बसेको बैठकले वार्षिक साधारणसभा यही मंसिर २७ गते आयोजना गर्ने निर्णय गरेको हो।
साधारण सभा प्रयोजनार्थ मंसिर १० गते १ दिन बुक क्लोज गर्ने बैंकले जनाएको छ । जसअनुसार मंसिर ९ गतेसम्म कायम शेयरधनीले बैंकको साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
नबिल बैंकले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीहरुलाई कर सहित १०५ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित नगद लाभांश अब वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि शेयरधनीहरुले पाउनेछन्।



About Us
प्रतिक्रिया