बैंकिङ्ग निक्षेपमा सामान्य वृद्धि, अन्य सूचक कस्ता ?


काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेप १ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिक २८ गते बैंकिङ्ग प्रणालीको निक्षेप ६६ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो दिनसम्म यस्तो निक्षेप ६६ खर्ब २५ अर्ब रुपैयाँ थियो।

सो समयमा केन्द्रीय बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरूले संकलन गर्ने निक्षेपमा पनि सामान्य बढेको छ । अघिल्लो दिनको तुलनामा २८ गते यस्तो निक्षेप संकलनमा १ अर्ब रुपैयाँले बढेको हो । अघिल्लो दिन ५८ खर्ब ९० अर्ब रहेको निक्षेप २८ गते ५८ खर्ब ९१ अर्ब पुगेको छ ।

कात्तिक २८ गते वाणिज्य बैंकहरुको कर्जामा लगानी १ अर्ब रुपैयाँले घटेको छ । २७ गते ४६ खर्ब ७४ अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले २८ गते ४६ खर्ब ७३ अर्ब कर्जा प्रवाह गरेका छन् । त्यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाले गर्ने कर्जा लगानी १ अर्बले घटेको छ ।

२७ गते ५२ खर्ब ७८ अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले २८ गते ५२ खर्ब ७९ अर्ब प्रवाह गरेका छन् । असोज २८ मा बैंकहरुको औसत सिडी रेसियो ७८.३२ प्रतिशत रहेको छ। त्यस्तै, अन्तरबैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ ।