काठमाडौं – नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेले बैंक ब्याजदर न्यून बिन्दुमा रहेकाले उद्योगी व्यवसायीले भरपुर फाइदा उठाउनुपर्ने बताएका छन् । आज बैंकको ८८औं वार्षिकोत्सवमा बोल्दै प्रमुख कार्यकारी अधिकृत पाण्डेले न्यून ब्याजदरको फाइदा उठाउन उद्योगी व्यवसायीलाई आह्वान गरेका हुन् ।
उनले भने, ‘बैंक ब्याजदर तीन वर्षयताकै न्यून बिन्दुमा छ । यो समय न्यून ब्याजमा ऋण लिएर लगानी गर्ने समय हो । जसको फाइदा उद्योगी र व्यवसायीले उठाउनुपर्छ ।’ हाल ब्याजदर एकल अंक ‘बिलोनाइन’ मा झरेकाले फाइदा उठाउनुपर्ने दोहोर्याए ।
‘हाल बाह्य क्षेत्रको अवस्थामा लगानीको लागि पर्ख र हेर गर्नुपर्ने अवस्था छैन,’ उनले थपे । यस्तै उनले नेपाल बैंकमा कार्यरत कर्मचारी दक्ष भएको भन्दै प्रशंसा समेत गरे । ‘बैंकका कर्मचारी दक्ष छन् । व्यवसायीक छन् । जनशक्ति बैंकले चाहेजस्ता छन्,’ उनले भने ।
यद्यपी, पछिल्लो समय सबैजसो क्षेत्रमा मापदण्डभन्दा माथि पुगेर लगानी गरिरहेको उनको भनाई छ । ‘कोल्याट«ललाई मात्रै जोड दिएको भाष्य उत्पन्न भए तापनि त्यसो भएको छैन,’ उनले भने, ‘हाल कृषि, हाइड्रोपावरमा हाम्रो लगानी बढि छ । हामीले त्यसै ऋण दिएका छैनौं धितो राखेर लोन दिएका छौ ।’
प्रतिक्रिया