काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकले अर्थतन्त्रलाई बैंकिङ्ग क्षेत्रको योगदान बढ्नुपर्ने बताएका छन् । नेपाल बैंकको ८८औं वार्षिकोत्सबको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले बैंक भित्रका कुरा बैंक भित्रै समाधान गर्न समेत व्यवस्थापन निर्देशन दिएका हुन् ।
उनले बैंकले उद्देश्य प्राप्तिका लागि ध्यान दिनुपर्ने भन्दै राष्ट्र बैंकले नियामकको रूपमा गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने पनि बताएका छन् । उनले बैंकको नीतिभन्दा फरक काम कुनै बैंकले गरेको जानकारी हुँदा केन्द्रीय बैंकमा जाने हो भने समस्या समाधान गर्ने बताएका छन् ।
उनले बैंकको उद्देश प्राप्तिका लागि सन्तुष्ट कर्मचारी हुनुपर्ने बताएका छन् । व्यक्तीगत कारण भएपनि कर्मचारीको मनोबल बढाउन आवश्यक रहेको भन्दै उनले भने, ‘जतिसक्दो समस्या जता बाट सुरु हुन्छ त्यहिबाट टुंगोमा पुर्याउने गर्नुपर्छ यस्तो नगरे बैंक नै पनि समस्याग्रस्त बन्न पुग्छ ।’
अधिकारीले केन्द्रीय बैंकले यो वर्षदेखि ‘मार्केट कन्डक्ट’ सुपरिवेक्षण गर्न पनि थालेको जानकारी दिए । उनले धेरै मेहनत गरेर पास भएको बैंक नेपाल बैंक भएको भन्दै नयाँ व्यवस्थाले नै बैंक अघि बढेको बताए ।
उनले नेपाल राष्ट्र बैंकले जोखिम व्यवस्थापनमा जोड दिने काम गर्नुपर्ने पनि बताए । गर्भनर अधिकारीले बैंकको व्यवस्थापन बिग्रिदै छ भन्ने कुरा आफुहरुले सुन्न नपर्ने गरी काम गर्न समेत आग्रह गरेका छन् ।
प्रतिक्रिया