काठमाडौं – नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले मोबाइल बैंकिङ्गमा लाग्दै आएको शुल्क महँगो भएको बताएका छन् । बैंकिङ्ग समाचारसँगको कुराकानीमा कटुवालले डिजिटल बैंकिङ्गको प्रयोग बढ्दै गएपनि महँगो शुल्कका कारण कारोबारी मर्कामा पर्न थालेको बताएका हुन् ।
बैंकिङ्ग समाचारले एउटा बैंकमार्फत अर्को बैंकमा मोबाइल बैंकिङ्ग गर्दा लाग्ने महँगो शुल्कबारे निरन्तर समाचार प्रकाशन गर्दै आइरहेको छ । यही विषयमा बोल्दै कटुवालले शुल्क महँगो हुँदा कारोबार गर्नै मुस्किल पर्न थालेको बताएका हुन् । ‘नयाँ नयाँ प्रविधि आउँदा सेवा सर्वसुलभ बन्नुपर्नेमा झनै महँगो भएको छ,’ उनले भने ।
न्यूरोड क्षेत्रका व्यवसायी महँगो सेवाशूल्कका कारण समस्यामा परेको उनको भनाई छ । ‘व्यवसायीले दैनिक कम्तिमा १० वटा कारोबार गर्नुपर्छ,’ उनले भने, ‘यसो गर्दा न्यूनतम ११० रुपैयाँभन्दा बढी शूल्क बैंकमा जान्छ । यस्तै, सेवाग्राहीले रकम तिर्दा समेत शूल्क लाग्दा समस्या भएको छ ।’
प्रतिक्रिया