पोखरा फाइनान्सको सीईओमा रविचन्द्र गुरूङ

पोखरा फाइनान्सको सीईओमा रविचन्द्र गुरूङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

पोखरा फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रविचन्द्र गुरूङ नियुक्त भएका छन् । फाइनान्स सञ्चालक समितिको बैठक नम्बर ५०६ को निर्णय अनुसार रविचन्द्र गुरूङलाई २०७९ असार १० गते देखि लागू हुने गरी सीईओ पदमा नियुक्त गरेको हो ।

यसअघि पनि फाइनान्सको प्रमुख कार्यकारीको रुपमा कार्यभार सम्हाल्दै आएका गुरुङ पुनः ४ लागि कार्यकारी अधिकृत नियुक्त भएका हुन् ।

गुरूङलाई आगामी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा पुनः नियुक्ति गरिएको व्यहोरा फाइनान्सका मानव संशाधन विभाग प्रमुख समिन गुरूङले जानकारी दिए । फाइनान्सको केन्द्रीय कार्यालय पर्यटकीय नगर पोखराको न्यूरोडमा रहेको छ । कम्पनीले ग्राहकलाई आधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको छ ।