काठमाडौं – केही दिनयता नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरिरहेको छ । आइतबारदेखि निरन्तर घटेको सुनको मूल्य आज पनि प्रतितोला चार सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मूल्य घटेसँगै आज सुन प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १९ सय २५ रुपैयाँमा कारोबार भइरहेको थियो । आज तोलामा चार सय रुपैयाँले घटेको सुनको मूल्य, आइतबार ५ सय रुपैयाँ, सोमबार १ हजार, मंगलबार २ हजार ४ सय रुपैयाँले घटेको थियो ।
प्रतिक्रिया