काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । नेपाल राष्ट्र बैंकको कात्तिक २४ गते शनिबारको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा सो रकम बराबरको निक्षेप संकलन भएको हो ।
अघिल्लो दिन कात्तिक २३ गते शुक्रबार बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ३५ अर्ब बराबरको निक्षेप संकलन भएको थियो । यसरी हेर्दा एक दिनमा बैंकिङ्ग प्रणालीको निक्षेप संकलन २ अर्बले घटेको देखिन्छ ।
यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप संकलन ३ अर्बले घटेको छ । कात्तिक २३ गते ५९ खर्ब १ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकले २४ गते ५८ खर्ब ९९अर्ब निक्षेप निक्षेप संकलन गरेका छन् ।
सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह स्थिर रहेको छ । कात्तिक २३ गते ५२ खर्ब ७७ अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले २४ गतेपनि सोही रकम बराबरको अर्ब कर्जा प्रवाह गरेका छन् ।
त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा प्रवाह पनि स्थिर रहेको छ । गत कात्तिक २३ गते ४६ खर्ब ७१ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंंकहरुले २४ गतेपनि सोही रकम बराबरको कर्जा प्रवाह गरेका छन् ।
राष्ट्र बैंकको तथ्यांकअनुसार सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ। साथै, राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो ७८ दशमलव २० प्रतिशत कायम भएको देखाएको छ।
प्रतिक्रिया