विकास र लगानीलाई रोक्नु मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु होः अध्यक्ष ढकाल

विकास र लगानीलाई रोक्नु मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु होः अध्यक्ष ढकाल


काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक सम्मृद्धि नहुने बताएका छन् । उनले महासंघ गण्डकी प्रदेशको कार्यक्रममा बोल्दै विकासलाई अवरुद्ध गरेर समृद्धि नआउने बताएका हुन् ।

अध्यक्ष ढकालले प्रगति अवरुद्ध पार्दा भावि पुस्ता समेत गरिबी र अभावको दुस्चक्रमा पर्ने बताए । ‘लगानी निरुत्साहित हुने र विकास रोकिने कुनै पनि कार्य नगर्न सबैमा आग्रह छ,’ उनले भने, ‘नेपालका कतिपय क्षेत्रमा अझै पनि विकास र लगानीमा अवरोध पु¥याउने सोँच हटेको छैन ।’

‘हामीले चन्द्रागिरि केबलकार बनाउँदा पनि यस्तै प्रतिरोधको सामना गर्नुपरेको थियो । तर अहिले त्यो क्षेत्र समृद्ध छ,’ उनले थपे, ‘स्थानीयले रोजगारी पाएका छन्, मुलुकले एउटा पर्यटकीय गन्तब्य पाएको छ ।’ ढकालले गण्डकी प्रदेश र गैँडाकोटको विकासको संभावनालाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए ।