शेयर बजारमा हरियाली, ४६ अंकले परिसूचक बढ्दा ६ अर्बको कारोबार

शेयर बजारमा हरियाली, ४६ अंकले परिसूचक बढ्दा ६ अर्बको कारोबार


काठमाडौं – साताको तेस्रो कारोबारको दिन शेयर बजारमा हरियाली छाएको छ । हिजो सोमबार ३ दिनपछि बढेको शेयर बजारले आजपनि उकालो यात्रा तय गरेको हो ।

आज बजार बढसँगै कारोबार रकममा पनि उलेख्य सुधार देखिएको छ । आज शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४६.६१ अंकले बढेर २६ सय ९२ दशमलव शून्य ५ को बिन्दुमा कायम भएको छ ।

आज २२१ कम्पनी फाइदामा १७ कम्पनी घाटामा गएका छन् । आज दिनभरमा ३१९ कम्पनीकाे १ कराेड ३३ लाख ७३ हजार ४८१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १२ कराेड ८२ लाख ६४ हजार ५८० रूपैयाँकाे काराेबार भएकाे छ ।

आज सप्काेशी विकास बैंक, सानिमा जीआइसी इन्याेरेन्स, कुथेली बुखरी हाइड्रो पावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

यस्तै , आज सबैभन्दा बढी सम्वृद्धि फाइनान्सको २४ कराेड ७१ लाख ५९ हजार ३७३ रूपैयाँकाे काराेबार भएकाे छ । आज सबै सूचकमा हरियाली छाएको छ ।