लक्ष्मी सनराइज बैंकले कमायो ५३ करोड नाफा

लक्ष्मी सनराइज बैंकले कमायो ५३ करोड नाफा


काठमाडौं – लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नै ५३ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२० प्रतिशतदे बढेको बताएको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १० करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.७५ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २४.५८ प्रतिशत बढेको छ। हाल बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४९ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ६ रुपैयाँ ४३ पैसा रहेको छ।

हाल बैंकको चुक्ता पूँजी २३ अर्ब १८ करोड ७१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ६.७९ प्रतिशत बढेको छ।