आर्थिक निति केबल झारा टार्ने काम : भिम रावल

आर्थिक निति केबल झारा टार्ने काम : भिम रावल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

संघिय प्रतिनिधीसभामा आर्थिक बर्ष २०८९/८० को बिषयमा आज पनि छलफल भएको छ ।

विनियोजन विधेयक बारेको छलफलमा पूर्बउपप्रधानमन्त्री तथा ने.क.पा एमालेको नेता डा.भिम रावलले प्रतिनिधी सभामा बोल्दै , 'यस गठबन्धनको सरकारले जनताको आर्थिक सुझाव सुन्ला भन्ने आधार नभएको र सरकारको गलत नितिको कारण देश आर्थिक रुपमा कमजोर रहेको बताए ' । 

उनले भने, यस बजेटमा राष्ट्रिय सुरक्षामा, तथा पुँजीगत खर्च र ठोस निति सरकारले नल्याएकोले र सरकारले ल्याएको यो आर्थिक निति केबल झारा टार्ने खालको मात्र भएको बताए । सरकारले संसदमा प्रस्तुत गरेको विनियोजन विधेयक औपचारिक मात्रै भएको भन्दै उनले सिद्धान्त र छलफल देश र जनताको राष्ट्रिय अन्तर्राष्ट्रिय हितमा नभएको बताए ।

अर्थतन्त्रमा देखा परेको समस्या, पुँजीगत खर्च बढाउने, आयातमुखी अर्थतन्त्र चिर्ने, उत्पादनमुखी अर्थतन्त्र बनाउने विषयमा बजेटको सिद्धान्तमा नपरेको रावलले बताए । विदेशी मुद्राको सञ्चिती डरलाग्दो अवस्थामा पुगेको बेला सरकारको नीतिमा यस्ता समस्या चिर्नुको साटो आयात रोक्ने नाटक मात्रै गरिएको उनको आरोप छ ।

सरकारले सुपारीको आयात अनुमति दिइएको विषयको पनि रावलले विरोध गरे । विदेशी ऋणको भार बढ्दा यसको न्यूनीकरण गर्ने विषयमा बजेटको सिद्धान्त र प्राथमिकता नदेखिएको भन्दै रावलले नेपाली बैंकको पुँजी परिचालनमा केही मानिसको हातमा पुगेकाले त्यसलाई रोक्नुपर्ने बताए ।