बैंकिङ्ग प्रणालीको निक्षेप र कर्जा दुवै बढ्यो, अन्य सूचक कस्ता ? 


काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेप संकलन ५ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकको असोज २९  गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६५ खर्ब २५ अर्ब निक्षेप संकलन भएको छ। असोज २८  गते भने बैंकिङ्ग प्रणालीमा ६५ खर्ब २० अर्ब निक्षेप संकलन भएको थियो ।

यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा पनि ४  अर्बले बढेको देखिएको छ । असोज २८  गते ५८ खर्ब ९३ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकले २९ गते ५८ खर्ब ९७ अर्ब रुपैयाँ रकम बराबरको निक्षेप संकलन गरेका छन् ।

सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा पनि वृद्धि देखिएको । असोज २८ गते ५२ खर्ब ६२ अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले २९ गते ५२ खर्ब ६६ अर्ब कर्जा प्रवाह गरेका छन् ।

त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा प्रवाहमा पनि ४ अर्बले बढेको छ । गत २८ गते ४६ खर्ब ५६ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले २९ गते ४६ खर्ब ६० अर्ब बराबरको कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार सो समयमा अन्तर बैंक ब्याजदर ७८.१४ प्रतिशत कायम भएको छ । साथै, राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो ३ प्रतिशत कायम भएको देखाएको छ ।