भदाैसम्म १ खर्ब ९३ अर्ब रुपैयाँको अन्तर बैंक कारोबार

भदाैसम्म १ खर्ब ९३ अर्ब रुपैयाँको अन्तर बैंक कारोबार


काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिना साउन र भदौमा एक खर्ब ९३ अर्ब १० करोड रुपैयाँको अन्तर–बैंक कारोबार भएको छ । केन्द्रिय बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितीले उक्त कारोबार भएको देखाएको हो ।

समीक्षा अवधिमा वाणिज्य बैंकहरुको अन्तर–बैंक कारोबार एक खर्ब ९० अर्ब १० करोड रुपैयाँ रहेको छ । यी बाहेक अन्य वित्तीय संस्थाहरुबाट तीन अर्ब ६० करोड रुपैयाँको अन्तर– बैंक कारोबार भएकाे छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा अन्तर–बैंक कारोबार १० खर्ब ८० अर्ब रुपैयाँ रहेको थियो ।